ad ad

कला


प्रियंकाविरुद्ध लखनउमा विरोध प्रदर्शन

प्रियंकाविरुद्ध लखनउमा विरोध प्रदर्शन

प्रियंका चोपडा


नेपालखबर
कात्तिक २३, २०७९ बुधबार १०:५२, काठमाडौँ

बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाविरुद्ध लखनउमा विरोध प्रदर्शन भएको छ। अमेरिकाबाट ३ वर्षपछि भारत फकिएकी चोपडाविरुद्ध विरोध प्रदर्शन भएको हो।

पछिल्लो समय चोपडा मुम्बईमा एक हेयर प्रोडक्टको प्रमोसन गरिरहेकी छन्। यो प्रमोसनपछि उनी पुनः अमेरिका फर्किनेछिन्। 

हाल लखनउमा रहेकी प्रियंका त्यहाँका अलगअलग स्थानमा गएर बच्चाहरूसँग भेटघाट गरिरहेकी छन्। लखनउको गोमतीनगरमा प्रियंकाको पोस्टर टाँसिएका छन्। त्यहाँ टाँसिएका हरेक पोस्टरमा रातो रंगले क्रस गरिएको छ। पोस्टरमा लेखिएको छ, ‘तिमीलाई नवाब सहरमा स्वागत छैन।’ 

तर त्यहाँ उनको किन विरोध भैरहको छ भन्ने बारेमा केही तथ्य बाहिर आएको छैन। उनको किन विरोध भैरहेको छ भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .