राजनीति


युक्रेन संकट : रसियासँग वार्ताको ढोका खोल्न अमेरिका तयार

युक्रेन संकट : रसियासँग वार्ताको ढोका खोल्न अमेरिका तयार

नेपालखबर
कात्तिक २२, २०७९ मंगलबार १८:५३, काठमाडौँ

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभनले वासिङ्टन र मस्कोबीच वार्ताको ढोका खुलेको बताएका छन्। 

राष्ट्रिय सुरक्षा सलाहकारको यो भनाइ युक्रेनमा रुसको परमाणु हमला रोक्नका लागि अमेरिकाले वार्ता गर्न चाहेको चर्चाबीच आएको हो। 

न्यूयोर्कमा सुलिभनले क्रेमलिनसँग सम्पर्क बनाइराख्न अमेरिकाको हितमा हुने बताएका छन्। तर उनले अहिले आफूहरुले युक्रेनलाई सघाइरहेको कुरा पनि स्मरण गराए। 

वल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार सुलिभनले पछिल्लो कयौँ महिनायता आफ्ना रूसी समकक्षी, सुरक्षा परिषदका सचिव निकोलाई पेत्रुशे र विदेश नीतिका वरिष्ठ सहयोगी युरी उशाकोभसँग गोप्य वार्ता गरिसकेका छन्। 

समाचार अनुसार वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै युक्रेन युद्धमा परमाणु युद्धको स्थिति आउन नदिने विधिबारे कुरा भएको थियो। तर युक्रेन संघर्षलाई समाप्त गर्नेबारे दुई पक्षबीच कुरा नभएको बताइएको छ।

पछिल्लो महिना राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभनले परमाणु हतियारको प्रयोग 'रूसका लागि विनाशकारी परिणाम' लिएर आउने बताएका थिए। 

अमेरिकी राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता एड्रिएन वाटसनले समाचारको सत्यता पुष्टि गर्न इन्का गरे। 

'मानिसहरु धेरै कुराको दाबी गरिरहेका छन्। जबकि क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले पश्चिमी समाचार पत्रमाथि झुटो समाचार प्रकाशित गरेको आरोप लगाइरहेका छन्', उनले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad