राजनीति


पूर्वमन्त्री इस्तियाक राईलाई आयोगले सोध्यो २४ घन्टे स्पष्टिकरण

पूर्वमन्त्री इस्तियाक राईलाई आयोगले सोध्यो २४ घन्टे स्पष्टिकरण

फाइल तस्बिर


नेपालखबर
कात्तिक २२, २०७९ मंगलबार ७:४०, काठमाडौँ

पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इस्तियाक राईलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका राईलाई आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको हो। 

निर्वाचनको प्रचारप्रसारको क्रममा राईले डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी (पप्पु)का विरुद्ध अपमानजनक अभिव्यक्ति दिएको उजुरीका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ। 

स्पष्टीकरण पत्रमा आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय बाँकेमा प्राप्त हुनेगरी जवाफ पेश गर्न निर्देशन दिइएको आयोगले जारी गरेको पत्रमा उल्लेख छ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गतको खण्ड (ण) को प्रावधान ‘कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन नहुने’ व्यवस्था स्मरण समेत आयोगले गराएको छ। 

‘निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी (पप्पु)का विरुद्ध तपाईंले अपमानजनक अभिव्यक्ति दिनुभएको हो, होईन?’ स्पष्टीकरण पत्रमा भनिएको छ, ‘तपाईंले गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी (पप्पु) का विरुद्ध अपमानजनक अभिव्यक्ति दिएको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र ९४० बमोजिम किन कारबाही हुनु नपर्ने हो?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad