ad ad

राजनीति


विनोद चौधरीलाई भोट माग्दै प्रदेश महामन्त्री खनालले भने : पार्टीमा अब समस्या छैन

विनोद चौधरीलाई भोट माग्दै प्रदेश महामन्त्री खनालले भने : पार्टीमा अब समस्या छैन

नेपालखबर
कात्तिक २१, २०७९ सोमबार १७:२६, काठमाडौँ

नेपाली कांग्रेस, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालले नवलपरासी क्षेत्र न १ का उम्मेदवार विनोद चौधरीलाई विजय गराउन आह्वान गरेका छन्। 

यसअघि विक्रम समूहले चौधरीलाई सहयोग नगर्ने आशंकाबिच खनालले खुलेरै चौधरीलाई जिताउन आह्वान गरेका हुन्।

सोमबार नवलपरासीको जिमिरेभारस्थित पार्टीको संघीय निर्वाचन क्षेत्रको सम्पर्क कार्यालयमा आयोजित पार्टी अगुवा कार्यकर्ता छलफल कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री खनालले आजसम्म पार्टीभित्र केही समस्या रहेको भएपनि अब सबै समस्या समाधान भएको बताए। 
उनले कांग्रेसको जित सुनिश्चित गर्न पनि कार्यकर्तालाई निर्देशन दिए। 

खनालले भने, ‘विनोद चौधरी पार्टीको उम्मेदवार हो। पार्टीको उम्मेदवारलाई विजय गराउनु हाम्रो कर्तव्य हो। यस पटक पार्टीलाई विजयी गराएर कांग्रेसका सम्पूर्ण कार्यकर्ताले गैरवको अनभूति  गर्नेछौँ।’

कार्यक्रममा बर्दघाट नगरपालिका, प्रतापपुर, सुस्ता र सरावल गाउँपालिका अन्तर्गतका अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .