ad ad

राजनीति


प्रचण्डको दाबी : गठबन्धन २० वर्ष लम्बिन्छ

प्रचण्डको दाबी : गठबन्धन २० वर्ष लम्बिन्छ

फाइल तस्बिर


नेपालखबर
कात्तिक २१, २०७९ सोमबार ९:३९, काठमाडौँ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले वर्तमान सत्तागठबन्धनले आगामी पाँच वर्षमात्र नभएर १५–२० वर्षसम्म निरन्तरता पाउनसक्ने बताएका छन्। निर्वाचनलगत्तै सत्तागठबन्धन टुट्ने आशंका भइरहेका बेला प्रचण्डले राजनीतिक आवस्यकताका आधारमा गठबन्धन १५–२० वर्ष लम्बिने दावी गरेका हुन्।

आइतबार (२० कार्तिक) अपरान्ह प्रचण्डले आगामी चुनाव र वामलोकतान्त्रिक गठबन्धनको आवस्यकताबारे केही वामपन्थी तथा लोकतान्त्रिक खेमामा बुद्धिजीवीहरुसँग छलफल गरेका थिए। प्रचण्डसँगको कुराकानीमा पनि उनीहरुले गठबन्धनको निरन्तरताबारे चासो राखेका थिए। 
चुनावलगत्तै सत्ताको दाउपेचका कारण गठबन्धन टुट्ने सक्ने आशंका र प्रचार भइरहेका बेला प्रचण्ड भने वर्तमान गठबन्धन अहिलेको चुनावमा मात्र होइन, अर्काे चुनावसम्म पनि कायम रहनेमा विश्वस्त देखिए। 

आइतबारै एक जापानी सञ्चारमाध्यमसँगको कुराकानीमा प्रचण्डले वर्तमान सत्तागठबन्धनले १५–२० वर्षसम्म निरन्तरता पाउने दाबी गरेका थिए। 

बुद्धिजीवीहरुले गठबन्धनको भविष्यबारे जिज्ञाशा राखेपछि उनले जापानी सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्ताको प्रसङ्ग उल्लेख गर्दै ‘वर्तमान गठबन्धनले किन निरन्तरता पाउँछ’ भन्नेबारे आफ्नो तर्क पेश गर्न थाले।

‘स्थिरता, समृद्धि र संविधानको रक्षाका लागि बनेको गठबन्धन हो यो’ उनले भने, ‘मैले नै धेरै ज्ञान प्राप्त गरेपछि यो गठबन्धन निर्माण भएको बताउँदै आएको छु। मैले यसो भन्नुको धेरै गहिरो अर्थ छ, त्यसैले चुनावपछि गठबन्धन टुट्छ भन्ने आशंका र प्रचार सही होइन।’   

‘केपी प्रवृतिलाई परास्त नगर्दासम्म यो गठबन्धन जारी रहन्छ’ उनले भने, ‘म आफैले धेरै मिहिनेत गरेर बनेको गठबन्धन हो यो। धेरै मिहिनेत गरेर निर्माण भएकाले यसको आयुपनि लामो नै छ। १५–२० वर्षसम्म नै यो गठबन्धन जानुपर्छ र जान्छ पनि।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .