ad ad

राजनीति


चुनावी दौडधुपमा शीर्ष नेता : धनगढीमा देउवा, पोखरामा ओली, काठमाडौंमा प्रचण्ड

चुनावी दौडधुपमा शीर्ष नेता : धनगढीमा देउवा, पोखरामा ओली, काठमाडौंमा प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
कात्तिक २१, २०७९ सोमबार ९:४९, काठमाडौँ

आम निर्वाचन–२०७९ को मिति नजिकिएसँगै दलका नेताहरू चुनावी दौडधुपमा व्यस्त छन्। शीर्ष तहदेखि तल्ला कमिटीसम्मका कार्यकर्तालाई चुनावले छपक्कै छोपेको छ। 

किसानका खेतदेखि घर घरमा उम्मेदवारहरू आफूलाई जिताउन आग्रह गर्दै पुग्न थालेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा केहीदिनेखि सुदूरपश्चिममा आयोजित चुनावी सभाहरुमा सहभागी छन्। गृहजिल्ला डडेल्धुराका चुनावी कार्यक्रम सकेर आइतबार साँझ प्रधानमन्त्री देउवा डडेल्धुरा झरेका छन्। 

आज (सोमबार) उनी धनगढीमा हुने चुनावी सभाहरुमा रहने उनको सचिवालयले जानकारी दिएको छ। 

त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओली पनि लगातार चुनावी सभाका कार्यक्रमहरुमा व्यस्त छन्। एमाले सचिवालयका अनुसार ओली आज पोखरामा आयोजित वृहत कार्यकर्ता भेलाई सम्बोधन गर्दैछन्। त्यसका लागि उनी त्यसतर्फ प्रस्थान गरिसकेका छन्। 

उता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज राजधानीमै हुने भएका छन्। आइतबारमात्रै आफ्नो निर्वाचन क्षेत्रका कार्यक्रम सकेर फर्किएका प्रचण्ड भोलिबाट भने सुदूरपश्चिम र कर्णालीमा आयोजित कार्यक्रममा सहभागी हुने बताइएको छ। 

मौन अवधि सुरु हुनुपूर्व नेताहरु धमाधम चुनावी सभाहरुमा सहभागी भएका हुन्। निर्वाचन आयोगका अनुसारदलहरुले मंसिर १ गतेसम्म मात्रै चुनाव प्रचार प्रसार गर्न पाउनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .