चुनावी दौडाहामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइवार धादिङ पुगेका छन्।
आफ्नो दोस्रो कार्यकालमा शिलान्यास गरिएको नागढुंगा-नौबीसे सुरूङ मार्ग निरीक्षण गर्न ओली धादिङ पुगेका हुन्।
अहिले धादिङको झ्याप्ले खोलामा उक्त सुरुङ मार्ग करिब एक किलोमिटर निर्माण सकिन लागेको छ।
आतइबार दिउँसो ओली सुरूङमार्ग अवलोकनमा पुग्दा धादिङ एमालेका उम्मेदवारहरु पनि स्वागतका लागि आएका थिए।
ओलीले यसअघि नै देश सुरूङ युगमा प्रवेश गरेको बताएका थिए। एमालेले मंसिर ४ को चुनावी घोषणा पत्रमा पनि उक्त कुरा लेखेको छ।
बागीलाई पछि हट्न निर्देशन
त्यही क्रममा झ्याप्ले खोलामै आयोजित संक्षिप्त कार्यक्रममा ओलीले धादिङ क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दिएका नेता नेत्र पौडेललाई पछि हट्न निर्देशन दिए।
उनले पौडेललाई उम्मेदवारी निष्क्रिय बनाएर पार्टीका काममा होमिन पनि आग्रह गरेका छन्।
धादिङ क्षेत्र नम्बर १ मा एमालेबाट प्रतिनिधिसभातर्फ भूमि त्रिपाठी र प्रदेशसभा 'क'मा रमेश आचार्य र प्रदेशसभा 'ख'मा गजेन्द्र थपलिया उम्मेदवार छन्।






Shares

प्रतिक्रिया