ad ad

राजनीति


डडेल्धुरामा खाली भएको एमालेले स्वतन्त्र उम्मेदवार शाहीलाई सघाउने

डडेल्धुरामा खाली भएको एमालेले स्वतन्त्र उम्मेदवार शाहीलाई सघाउने

फाइल तस्बिर


नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार १८:३४, कञ्चनपुर

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा प्रतिनिधि सभातर्फ उम्मेदवार नउठाएको नेकपा एमालेले स्वतन्त्रतर्फका विक्रमबहादुर शाहीलाई समर्थन गरेको छ।

शाही नेकपा एमालेकै नेता हुन। एमालेले कांग्रेस बीपीसँग चुनावी तालमेल गर्दै प्रतिनिधिसभामा कांग्रेस बीपीका कर्णबहादुर मल्ललाई सघाउने सहमति गरेको थियो।

सहमति अनुसार नै एमालेबाट मनोनयन दर्ता गराएका चक्र स्नेहीले उम्मेदवारी फिर्ता लिएका थिए। 

तर पछि कांग्रेस बीपीले प्रदेश सभामा स्वतन्त्र उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका नेता डा. ताराप्रसाद जोशीसँग तालमेल गरेको थियो।

त्यसलाई लिएर एमालेले कांग्रेस बीपीसँगको तालमेल तोडेपछि डडेल्धुरा प्रतिनिधि सभामा ऊ उम्मेदवारविहीन भएको थियो।

अहिले एमालेले स्वतन्त्र उम्मेदवारी दिएका आफ्नै नेता शाहीलाई समर्थन गर्ने निर्णय गरेको हो।

प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ समन्वय कमिटीको पूर्ण बैठकले स्वतन्त्र उम्मेदवार शाहीलाई समर्थन गर्ने निर्णय गरेको हो।

समन्वय कमिटीका अध्यक्ष प्रेमबहादुर बोहरा र सचिव शिवराज ताम्राकारले बिहिबार विज्ञप्ति निकालेर प्रधानमन्त्री देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका शाहीलाई समर्थन गर्ने निर्णय गरिएको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .