राजनीति


राष्ट्रिय स्वतन्त्र पार्टीले आज चुनावी वाचापत्र सार्वजनिक गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टीले आज चुनावी वाचापत्र सार्वजनिक गर्दै

फाइल तस्बिर


नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार ८:०, काठमाडौँ

पहिलोपटक प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुन लागेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज (कात्तिक १७) चुनावी ‘वाचापत्र’ (घोषणापत्र) सार्वजनिक गर्दै छ।

उक्त पार्टीले घोषणापत्रलाई वाचापत्र भनेको छ। उसले भनेको छ, ‘हुन नसक्ने वाचा होइन, गर्न सक्ने र गर्नैपर्ने अनि जनताले प्रत्यक्ष राहत पाउने र महसुस गर्ने वाचापत्र लिएर आउँदै छौं।’

वाचापत्र सार्वजनिक गर्न काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा आज बिहान ११ बजे कार्यक्रम राखिने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। कार्यक्रम पार्टीका सभापति रवि लामिछानेको उपस्थितिमा हुने जनाइएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टी यसपटक प्रदेश सभाको चुनावमा सहभागी नहुने भएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .