ad ad

राजनीति


एमालेको प्रस्ताव : स्थिरताका लागि केपी ओली फेरि प्रधानमन्त्री

एमालेको प्रस्ताव : स्थिरताका लागि केपी ओली फेरि प्रधानमन्त्री

घोषणा पत्र सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओली। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार १६:९, काठमाडौँ

 नेकपा एमालेले राजनीतिक स्थिरताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव अघि सारेको छ।

'मङ्सिर ४ मा हुने निर्वाचनमा पार्टीले घोषणा पत्रका माध्यमबाट उपयक्त नीति मात्रै अघि सारिरहेको छैन, नेतृत्ववको प्रश्नलाई समेत जनताका बिचमा प्रस्तुत गरेको छ', मंगलबार याक एण्ड यती होटलबाट सार्वजनिक एमालेको घोषणापत्रमा भनिएको छ, ‘हामी पार्टी अध्यक्ष केपी शर्मा ओलीका नेततृ्वमा चनावी प्रतिस्पर्धा गर्न गइरहेका छौँ। चुनावपछि उहाँलाई मलुकको प्रधानमन्त्रीका रूपमा स्थापित गर्न चाहन्छौँ। मलुकलाई  राजनीतिक अस्थिरताको दलदलबाट बाहिर निकाल्न यसो गर्नु अपरिहार्य छ।’

सोमबार सार्वजनिक नेकपा माओवादी केन्द्रका चुनावी प्रतिवद्धतापत्रमा अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा अघि सारिएको थियो। 

एमालेको घोषणापत्रमा आफ्नै नेतृत्वमा सरकार बनाए २० वटा ग्यारेन्टी काम गर्ने एमालेले योजना अघि सारेको छ।

जसमा स्वास्थ्य, आइटी, विज्ञान प्रविधिलाई मुख्य प्राथमिकता दिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .