ad ad

राजनीति


बाबुराम भन्छन् : प्रचण्ड जस्तो पपुलर र प्रगतिशील कोही छैन, अबको प्रधानमन्त्री उहाँ नै हो

बाबुराम भन्छन् : प्रचण्ड जस्तो पपुलर र प्रगतिशील कोही छैन, अबको प्रधानमन्त्री उहाँ नै हो

नेपालखबर
कात्तिक १३, २०७९ आइतबार १२:१६, काठमाडौँ

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुरा भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जस्तो चलायमान नेता अरु कोही नभएको बताएका छन्।

गोरखा क्षेत्र नम्बर २ को चुनावी अभियानमा प्रचण्डसँगै पुगेका उनले आइतवार भोट माग्ने क्रममा यस्तो बताएका हुन्। 

गोरखा क्षेत्र नम्बर २ ले भावी प्रधानमन्त्री र मुख्यमन्त्री दुवै पाउन लागेको भन्दै भट्टराईले अब यो क्षेत्रको चमत्कारिक विकास हुने पनि तर्क गरेका छन्। 

उनले आगामी मंसिर ४ गतेको निर्वाचनपछि प्रचण्ड नै देशको नयाँ प्रधानमन्त्री हुने पनि दाबी गरेका छन्। 

‘यहाँ कसैले अन्यथा नमाने हुन्छ, कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री, सुरेन्द्रराज पाण्डे भोलिको मुख्यमन्त्री!', उनले भने, 'यही क्षेत्रले प्रधानमन्त्री र मुख्यमन्त्री पनि पाइसकेपछि हाम्रो विकासको सपना कसरी पूरा नहोला? यो क्षेत्रको विकासले कसरी गति नलेला?’

भट्टराईले आफूले गोरखा २ छाडेर प्रचण्डलाई चितवनबाट बोलाएका हुन्। उनले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन पनि मतदाता र कार्यकर्तालाई अपिल गरेका छन्। 

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मुर्खतापूर्ण हर्कतका कारण गठबन्धन बनाउनुपरेको जिकिर गरे। 

भट्टराईले अहिले नेपालको सन्दर्भमा प्रचण्ड जस्तो पपुलर र प्रगतिशील नेता अर्को नरहेको पनि जिकिर गरे। 

'नेपालको सन्दर्भमा अहिलेकै सबैभन्दा पपुलर  र प्रगतिशील व्यक्ति प्रचण्ड हो', उनले भने, 'जसलाई काठमाडौंदेखि आएर पत्रकारहरुले बिहानभरी कुरेर भेटिरहेका छन्। उहाँको नेतृत्वमा अब गोरखाले विकासको फड्को मार्नेछ।'

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .