ad ad

राजनीति


बयलगाडा चढेर अमेरिका पुगिँदैन भन्ने केपी ओली लोकतन्त्र विरोधी हुन् : विरोध खतिवडा

बयलगाडा चढेर अमेरिका पुगिँदैन भन्ने केपी ओली लोकतन्त्र विरोधी हुन् : विरोध खतिवडा

विराेध खतिवडा।


नेपालखबर
कात्तिक १३, २०७९ आइतबार ९:२, काठमाडौँ

पूर्वमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य विरोध खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओली लोकतन्त्र विरोधी भएको टिप्पणी गरेका छन्। 

शनिबार मकवानपुरको बुढीचौरमा आयोजित निर्वाचन परिचालन सम्पर्क कार्यालयको उद्घाटनमा बोल्दै नेता खतिवडाले सो कुरा बताएका हुन्। मकवानपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका खतिवडाले एमालेले नेतृत्व गरेको प्रतिगमनकारी गठबन्धनलाई परास्त गर्नुपर्ने बताए। 

अहिले देशमा विगतमा परिवर्तनका लागि संगै आन्दोलनमा लागेका दलहरुको गठबन्धन र देश टुक्राउने, राजावादी, संविधान नमान्ने दलहरुका बीचको अर्को गठबन्धनका बीच चुनाव हुन लागेकाले जनता सचेत हुनुपर्ने बेला भएको उनको भनाई छ।

उनले बयलगडा चढेर अमेरिका पुगिँदैन भन्ने केपी शर्मा ओली लोकतन्त्र विरोधी भन्ने पुष्टि भएको पनि ठोकुवा गरे।

एमालेका नेता कार्यकर्ताहरु अहिले हिजोका मन्डलेसंग रानजीनिक पाठ सिक्ने काममा लागेकोप्रति व्यङ्ग्य गर्दै नेता खतिवडाले हिजोका दुस्मनलाई आज चुनावको टिकट दिएको बताए। देशलाई अग्रगमनमा लैजान बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन उनले आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .