ad ad

राजनीति


जसपासँगको गठबन्धनले पार्टी दुषित भएको भन्दै एमाले पर्साका ५४२ जनाले दिए राजीनामा

जसपासँगको गठबन्धनले पार्टी दुषित भएको भन्दै एमाले पर्साका ५४२ जनाले दिए राजीनामा

नेपालखबर
कात्तिक १२, २०७९ शनिबार २०:५, काठमाडौँ

पर्सामा पाँच सयभन्दा बढी एमाले कार्यकर्ताले राजीनामा दिएका छन्। शनिबार एक विज्ञप्तिमार्फत उनीहरुले एमाले छाडेको जनाएका छन्।

राजीनामा दिनेहरुमा केन्द्रीय सल्लाहकार परिषद् सदस्य कदम रसुल, प्रदेश सदस्यहरु बाबुराम कौशिक, इस्लाम मिया हवारी र जोगिन्दर साह तथा संविधान सभा सदस्य फूलझरी देवीलगायत छन्। 

जसपासँगको गठबन्धनले एमाले दुषित भएको भन्दै उनीहरुले पार्टी छाडेका हुन्।

उनीहरुले आगामी चुनावमा स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने जनाएका छन्।

उनीहरु हालै एमाले परित्याग गरी रौतहटबाट स्वतन्त्र उम्मेदवार बनेका प्रभु साहनिकट मानिन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .