राजनीति


देउवालाई ओलीको प्रश्न : जयसिंह धामी मारिएजस्तै घटनामा कहिलेसम्म मौन बस्ने?

देउवालाई ओलीको प्रश्न : जयसिंह धामी मारिएजस्तै घटनामा कहिलेसम्म मौन बस्ने?

फाइल तस्बिर


नेपालखबर
कात्तिक १२, २०७९ शनिबार १४:५०, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तावाघाट–लिपुलेक सडकमा भारतीय पक्षले विस्फोट गराउँदा नेपालका ९ वर्षीय बालकको मृत्यु भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन्। 

महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक चौडा गर्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुङ्गा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालकको मृत्यु भएको घटनामा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका हुन्।

‘नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्दा दार्चुलाको व्यास गाउँपालिका–२ का बालक पवन महराले ज्यान गुमाएको घटनाले अत्यन्त दुःखी छु,’ ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘ढुंगा लागेर १४ वर्षीया बालिका सरिना महरा सहित स्थानीय नागरिक घाइते भएका छन् । घटनाको तत्काल छानविन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषीमाथि कारवाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु।’

साथै, उनले यो घटनालाई जयसिंह धामीलाई मारिएको घटनाजस्तै रुपमा लिएका छन्। ‘तुइन काटेर गतवर्ष जयसिंह धामीलाई मारिएको घटनामाजस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म?’ ओलीले प्रश्न गर्दै भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .