ad ad

राजनीति


रामचन्द्र पौडेल भन्छन्– देशको व्यवस्था बदलिए पनि अवस्था बदलिएन

रामचन्द्र पौडेल भन्छन्– देशको व्यवस्था बदलिए पनि अवस्था बदलिएन

सत्ता गठबन्धनले काठमाडौंमा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल।


नेपालखबर
कात्तिक ७, २०७९ सोमबार १३:११, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको व्यवस्था बदलिए पनि अवस्था नबदलिएको बताउँदै अवस्था बदल्नका लागि सत्ता गठबन्धनलाई मतदान गर्न अपिल गरेका छन्। 

सत्ता गठबन्धनले काठमाडौंमा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै पौडेलले सो कुरा अपिल गरेका हुन्। उनले सत्ता गठबन्धनले अहिले देशको प्रगति र सुशासनका लागि काम गरिरहेको दाबी गरे। 

‘हामी यो दशेको प्रगतिका लागि सु–शासनका लागि लडेका छौं,’ पौडेलले भने, ‘देशलाई सुशासन दिएर मुलुकको प्रगति अघि बढाउने, नैतिक सामथ्र्य भएका मान्छेहरु यही पार्टीमा छन्। आज देशलाई गाउँ गाउँमा विकास, देशभरी रोजगारी र गाउँ गाउँमा आम्दानीको स्थिति बनेको छ।’

उनले राज्यलाई रुपान्तरण गर्नपर्ने बेला भएको बताए। ‘यो देशमा ब्यवस्था बदलिएको छ अवस्था बदलिएको छैन अझै। यो अवस्था बदल्नपर्ने अवस्था भएको छ,’ पौडेलले सम्बोधनको क्रममा भने, ‘यो राज्यलाई रुपान्तरण गर्नपर्ने बेला भएको छ। हामी यो मुलुकमा भविष्यका लागि राष्ट्रलाई ब्यवस्था बचाएर हामी मुलुकलाई अघि बढाउनका लागि अघि बढेका छौं।’

जनताको पक्षमा बोल्न चाहने, अधिकार दिलाउन चाहने एकातिर र प्रतिगमनकारी शक्ति अर्कोतिर भएको पौडेलको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .