ad ad

राजनीति


अहिलेको गठबन्धन युगको आवश्यकता हो : बाबुराम भट्टराई

अहिलेको गठबन्धन युगको आवश्यकता हो : बाबुराम भट्टराई

सत्ता गठबन्धनले काठमाडौंमा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई।


नेपालखबर
कात्तिक ७, २०७९ सोमबार १३:२०, काठमाडौँ

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको गठबन्धन युगको एउटा आवश्यक्ता भएको टिप्पणी गरेका छन्।

सत्ता गठबन्धनले काठमाडौंमा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले सो टिप्पणी गरेका हुन्। उनले आफूहरुको गठबन्धन पवित्र र एमालेले गरेको गठबन्धन अपवित्र भएको समेत बताए। 

‘लडेर ल्याएको लोकतन्त्रको रक्षा गरेर छोटो अवधिमा देशलाई सुशासन र समृद्धिको दिशामा लिएर जानु यो गठबन्धनको उद्देश्य हो,’ भट्टराईले भने, ‘त्यसकारण यो गठबन्धनको युगको एउटा आवश्यक्ता हो।’

भू–राजनीतिक जटिलताको बीचमा नेपाल रहेको भन्दै उनले देशभित्र प्रमुख दलहरुबीच समझदारी बनाउन सकेन भनेर द्वन्द्धमा पर्नसक्ने उनले बताए। ‘गठबन्धनको मुख्य कुरा भनेको हामीले छिमेकीसँग समन्वय गरेर सम्बन्ध बनाउने हो।’ उनले सम्बोधनको क्रममा भनेका छन्। 

समावेशी लोकतन्त्रको अभ्यास गरेको भन्दै यसको रक्षा गर्नपर्ने उनले बताए। ‘हामीले चाहने भनेको सु–शासन कायम राख्ने हो,’ भट्टराईले भने, ‘भ्रष्टाचार जति भइरहेका छन्, त्यसमा केही व्यक्ति विशेषको समस्या हुन सक्छ, तर हामीले हाम्रा संस्थाहरु बलियो बनाउन सकेको छैन्।’

ती संस्थाहरुलाई बलियो बनाएर अघि बढ्ने गठबन्धन दलहरुबीचको उद्देश्य रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .