ad ad

राजनीति


सत्ता गठबन्धनले आज काठमाडौंमा संयुक्त भेला गर्दै

सत्ता गठबन्धनले आज काठमाडौंमा संयुक्त भेला गर्दै

फाइल तस्बिर


नेपालखबर
कात्तिक ७, २०७९ सोमबार ८:३, काठमाडौँ

सत्तारुढ पाँच दलीय गठबन्धनले प्रदेशस्तरिय अन्तिम भेला आज गर्दै छ। 

आसन्न निर्वाचनलाई लक्षित गरेर गत ४ कात्तिकबाट सुरू भएको सत्ता गठबन्धनको संयुक्त भेला ६ वटा प्रदेशमा सकिसकेको छ। गठबन्धनले सार्वजनिक गरेको तालिका अनुसार अन्तिम भेला आज काठमाडौंमा हुँदैछ। 

गठबन्धनले ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नाराका साथ सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्न लागेको बताएको छ।

गठबन्धनले नेकपा एकीकृत समाजवादीको समन्वयमा पहिलो दिन गण्डकी प्रदेशको पोखरा र नेपाली कांग्रेसको समन्वयमा लुम्बिनी प्रदेशको बुटवलमा संयुक्त भेला गरेको थियो। 

कार्तिक ५ गते कांग्रेसको समन्वयमा प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा संयुक्त भेला भएको थियो। 

कार्तिक ६ गते नेकपा माओवादी केन्द्रको समन्वयमा सुदूरपश्चिमको धनगढी र कांग्रेसको समन्वयमा कर्णाली प्रदेशको सुर्खेतमा भेला आयोजना भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .