राजनीति


माधव नेपाल र प्रचण्डले प्रधानमन्त्री मागेका छैनन्, चुनावपछि हेरौँला : देउवा

माधव नेपाल र प्रचण्डले प्रधानमन्त्री मागेका छैनन्, चुनावपछि हेरौँला : देउवा

फाइल तस्बिर


नेपालखबर
कात्तिक ६, २०७९ आइतबार १८:५८, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिरको चुनावपछि सत्ता गठबन्धनबाट नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने कुराको टुंगो भइनसकेको बताएका छन्। 

आइतवार साँझ सम्पादहरुसँगको छलफलका क्रममा कांग्रेस सभापतिसमेत रहेका देउवाले यस्तो बताएका हुन्। 

'सत्ता गठबन्धनभित्र अहिले नै को नयाँ प्रधानमन्त्री बन्ने कुरा भएको छैन', उनले भने, 'तर, सत्ता गठबन्धनले आगामी निर्वाचनमा बहुमत ल्याउँछ। त्यसपछि पनि अहिलेकै गठबन्धनको सरकार बन्छ। प्रधानमन्त्रीबारे हामीले छलफल गरिसकेका छैनौँ।'

उनले आफू पाँचौँ पटक प्रधानमन्त्री हुनेबारे कुनै कुरा नभएको पनि बताएका छन्। 

'मलाई फेरि प्रधानमन्त्री बनाउने सहमति भएको छैन। गठबन्धनमा हामीसँग माधव नेपाल पनि छन्। माधव नेपाल नै मलाई यो पटक प्रधानमन्त्री बन्न भनेका हुन्', उनले भने, 'माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डजीले पनि प्रधानमन्त्री मागेका छैनन्। चुनावपछि नयाँ प्रधानमन्त्री को हुन्छ? त्यतिखेरै हेरौँला।'

सरकार गठबन्धनको भएकाले पनि अहिले नै मंसिर ४ पछिको नयाँ प्रधानमन्त्रीबारे कुनै कुरा नभएको जानकारी देउवाले दिएका हुन्। 

उनले अहिले डरत्रास केही नभएको बताउँदै मंसिर ४ गते शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गरिने पनि बताएका छन्।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबारे टिप्पणी गर्दै उनी त्यस्तो होलान् भन्ने आफूलाई कहिले नलागेको पनि बताएका छन्। 

दुई दुई पटक संसद विघटन गर्ने ओलीको प्रयासलाई सर्वोच्च अदालतले विफल बनाइदिएपछि देउवा गठबन्धनसहित अहिलेको सरकारको नेतृत्वमा आएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad