नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीयता कार्यान्वयनका लागि संघीयताको पूर्ण कार्यान्वयनका लागि गठबन्धनको जीत आवश्यक रहेको बताएका छन्। कांग्रेस काठमाडौं महानगर वडा नम्बर १० मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले तीनै तहको सरकारलाई अधिकारसम्पन्न गरेर संघीयताको महसुस हुनेगरी काम गर्न बाँकी रहेकाले यसका लागि म्यान्डेट दिन आग्रह गरे।
‘तीनै तहको सरकार पुरा अपरेसनमा आइसकेपछि कति काम हुने रहेछ भनेर देखाउने काम बाँकी नै छ। त्यसका लागि हामी प्रयत्नरत छौँ। संघीयता र केन्द्रीकृत व्यवस्थाको फरक के हो भन्ने महसुस हुनेगरी संघीय सरकारले प्रान्त र स्थानीय सरकारलाई दिनुपर्ने अधिकार दिलाउनका लागि कानुन नबनेकाले पूर्ण रुपमा कार्यान्वयनमा आइसकेको छैन। त्यसका लागि हामीलाई म्यान्डेट आवश्यक पर्छ,’ उनले भने।
साथै उनले धोबीखोलाको अवस्था सुधारको योजनाको काम आफ्नै पहलमा अगाडि बढिरहेको बताए। त्यस्तै बागमतीमा १२ महिना सफा पानी बगाउने योजनालाई समेत मूर्त रुप दिने उनको भनाइ थियो।
Shares

प्रतिक्रिया