ad ad

राजनीति


एमालेले कुन–कुन दलसँग गठबन्धन गरेको भन्ने एमालेकै कार्यकर्तालाई थाहा छैन : गगन थापा

एमालेले कुन–कुन दलसँग गठबन्धन गरेको भन्ने एमालेकै कार्यकर्तालाई थाहा छैन : गगन थापा

काठमाडौं-४ को निर्वाचन प्रचारप्रसार केन्द्रको कार्यालय उद्घाटनमा बाेल्दै कांग्रेस महामन्त्री गगन कुमार थापा।


नेपालखबर
कात्तिक ५, २०७९ शनिबार ८:४२, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कुन कुन पार्टीसँग गठबन्धन गरेको भन्ने कुरा एमालेकै नेता कार्यकर्तालाई समेत थाहा नभएको टिप्पणी गरेका छन्। 

काठमाडौं क्षेत्र ४ को निर्वाचन प्रचारप्रसार केन्द्रको कार्यालय उद्घाटन गर्दै शुक्रबार थापाले सो कुरा बताएका हुन्। काठमाडौं–४ बाट सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थापाले भने, नेपाली कांग्रेसले निर्वाचनमा कुन कुन पार्टी सँग गठबन्धन गरेका छन् भन्ने कुरा प्रष्ट छ’ थापाले भने, ‘तर, नेकपा एमालेले निर्वाचनमा कुन कुन पार्टी सँगै गठबन्धन गरेको छ भनेर नेकपा एमालेका नेता कार्यकर्ताले समेत बताउन सक्ने अवस्था छैन।’

आगामी मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसको जित सुनिश्चित रहेको उनले दाबी गरे। निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धनका उम्मेदवारहरूलाई पाँच बर्षको कार्य योजनासहित जनतामाझ जान उनको आग्रह छ। 

निर्वाचन आउन एक महिना रहेकाले पार्टीका विभिन्न तह र तप्कामा रहेका नेता कार्यकर्ताहरूलाई चुनाव लक्षित कार्यक्रममा अग्रसर भई नेपाली कांग्रेस तथा गठबन्धनका दलहरूलाई जिताउन समेत मतदाताहरूलाई थापाले आग्रह गरेका छन्। 

नेपाली कांग्रेस एउटा निश्चित कार्य योजना सहित अगाडि बढेको परिपेक्षमा परिस्थिति बस गठबन्धन सहित निर्वाचनमा सहभागी हुन परेकाले मतदाताहरू विचलित नभई निर्वाचनमा मतदान गर्न समेत थापाले आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .