ad ad

राजनीति


काठमाडौँ–८ मा ४० उम्मेदवार प्रतिस्पर्धामा

काठमाडौँ–८ मा ४० उम्मेदवार प्रतिस्पर्धामा

नेपालखबर
कात्तिक ५, २०७९ शनिबार ८:३३, काठमाडौँ

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ८ मा ४० उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

काठमाडौँ क्षेत्र नं ८ बाट दुई प्रदेशसभा र एक प्रतिनिधिसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ३१ र नौ स्वतन्त्र  उम्मेदवारी परेको काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार निर्वाचन क्षेत्र नं ८ प्रदेससभा १ मा दलका तर्फबाट आठ र स्वतन्त्र उम्मेदवार एक गरी नौ उम्मेदवार छन्। प्रदेशसभा २ मा दलतर्फ सात र स्वतन्त्र पाँच गरी १२ उम्मेदवारी परेको छ। क्षेत्र नं ८ को प्रतिनिधिसभा सदस्यका लागि दलका तर्फबाट १६ र स्वतन्त्रबाट तीन गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रदेश १ मा ३० हजार ४९ र प्रदेश २ मा २३ हजार ५७ गरी उक्त क्षेत्रमा जम्मा ५३ हजार एक सय ६ मतदाता रहेको अधिकारीले बताए। जम्मा २३ मतदानस्थल रहेको निर्वाचन क्षेत्र नं ८ भित्र ६१ मतदान केन्द्र निर्धारण गरिएको छ।

उक्त क्षेत्रमा काठमाडौँ महानगरपालिकाका ६ र नागार्जुन नगरपालिकाका दुई वडा समेटिएका छन्। यो क्षेत्रमा काठमाडौँ महानगरपालिकाका १३, १५, १९, २०, २३, २४ र नागार्जुन नगरपालिकाका वडा नं ४ र ५ समेटिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .