राजनीति


कार्यकर्तालाई देउवाको निर्देशन : माथि हामी मिलिसक्यौं, तपाईंहरु किन झगडा गर्ने?

कार्यकर्तालाई देउवाको निर्देशन : माथि हामी मिलिसक्यौं, तपाईंहरु किन झगडा गर्ने?

तस्बिर : वाशुदेव मिश्र/नेपालखबर


नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार १४:२७, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको पक्षमा मत हाल्न कांग्रेस कार्यकर्तालाई आग्रह गरेका छन्। 

पाँच दलीय गठबन्धनले पोखरामा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका देउवाले गठबन्धनको पक्षमा मत हाल्न कांग्रेस कार्यकर्तालाई आग्रह गरेका हुन्।

फरक राजनीतिक दर्शन बोकेका माओवादी अध्यक्ष प्रचण्ड  र आफूबीच नै सहमति भइसकेपछि कार्यकर्ता पंक्ति झन मिल्नुपर्ने उनको तर्क थियो । 

उनले हिजो गिरिजाप्रसाद कोइराला र प्रचण्डबीच नै सहकार्यको सहमति भएको जिकिर गर्दै उनले थपे, ‘यहाँ हिजोका कुरा ल्याएर केही पाइनेवाला छैन। हिजोका कुरा सम्झिएर हुनेवाला केही छैन। सबै रिसाएका छन, गठबन्धन बन्दै गए सबैको पालो आउँछ। सरकार बने न पालो आउँछ। हामी माथी मिल्यौँ तल किन मिल्न नहुने? झनबढी मिल्नुस।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad