ad ad

राजनीति


गठबन्धनका उम्मेदवारलाई भोट नहाले पाप लाग्छ : प्रचण्ड

गठबन्धनका उम्मेदवारलाई भोट नहाले पाप लाग्छ : प्रचण्ड

गण्डकी प्रदेश समितिद्वारा शुक्रबार आयोजित पाँच दलीय गठबन्धन प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’। तस्बिर : राधिका कँडेल/रासस


नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार १४:२०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनका उम्मेदवारलाई भोट नहाले ‘पाप धुरीबाट कराउने’ जिकिर गरेका छन्।

पाँच दलीय गठबन्धनका उम्मेदवारलाई भोट नहाल्ने र आफ्नै चुनाव चिन्हमा भोट हाल्ने भन्दै केही कांग्रेसीहरुले अभियान चलाएको सन्दर्भमा उनले त्यसो गरे पाप लाग्ने टिप्पणी पनि गरे।

कास्की क्षेत्र नम्बर २ बाट बागी उम्मेदवारी दिएका कांग्रेसका महादेव गुरुङले आफ्नो प्रचार अभियानको क्रममा यो पटकको भोट कांग्रेसलाई भन्ने नारा तय गरेका छन्। प्रचण्ड शुक्रबार पोखरामा आयोजित पाँच दलीय गठबन्धनको प्रशिक्षण कार्यक्रममा बोल्दै थिए । 

‘आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्ने हो भने आत्मघाति हुन्छ, गबठन्धनलाई स्वीकार गरौं’,उनले भने, ‘यहाँ हसियाँ हठौडामा भोट हाल्नेले रुखमा र रुखमा भोट हाल्नेले हसिया हठौडामा र कलममा हाल्न गाह्रो भएको सुनेका छौँ,गठबन्धनले गर्दा सबैको चिन्ह स्वीकारेका हौँ ।’

कास्कीको प्रतिनिधिसभाको तीनवटा क्षेत्रमध्ये कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीले एक–एक सिट बाँडेका छन् भने प्रदेशमा कांग्रेसले ३ र माओवादीले ३ सिट लिएका छन् । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .