नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा चुनावी मैदानमा रहेको झापा क्षेत्र नम्बर १ का एकजना नेता राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन्।
कांग्रेस महासमिति सदस्यसमेत रहेका भद्रपुर नगरपालिका पूर्व मेयर भारतेन्दु मल्लिकलाई बुधबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले धुलाबारीमा आयोजित एमालेसँगको संयुक्त कार्यकर्ता भेलामा स्वागत गरे।
वि.सं. २०४९, र २०५४ को स्थानीय निर्वाचनमा भद्रपुर नगरपालिकाको मेयर बनेका मल्लिक त्यस क्षेत्रमा राम्रो जनाधार भएका नेता मानिन्छन्।
राजनीतिसँगै मल्लिकले बि.सं. २०६६ मा दूग्ध विकास संस्थानको अध्यक्षको जिम्मेवारी पनि पाएका थिए।
उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट समानुपातिक सूचीमा मधेसीतर्फ उम्मेदवारसमेत थिए।
यसअघि कांग्रेसको चौधौँ महाधिवेशनमा केन्द्रीय सदस्यका प्रत्यासीसमेत रहेका उनी हाल कांग्रेस महासमिति सदस्यको भूमिकामा थिए।
Shares

प्रतिक्रिया