प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यराति पनि संसद भंग गरिदिएको बताएका छन्।
मंगलबार ललितपुरमा आयोजित सत्तारुढ गठबन्धनको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले यस्तो बताएका हुन्।
संसद दुई पटक भंग गरेर तत्कालीन प्रधानमन्त्री ओलीले संविधान मिच्ने काम गरेको पनि उनले तर्क गरे। तर आफूहरुले त्यसलाई जोगाएको पनि देउवाले बताए।
'ओलीजीले २ पटक भंग गरिदिनु भयो पार्लियामेन्ट। जनताले चुनेको संसद मनपरी भंग गर्न थालेकाले नै संविधान बनाउँदा कुनै हालतमा गर्न नपाउने संविधानमै व्यवस्था गरेका छौँ', उनले भने, 'त्यसकारण यो अवस्थाबाहेक संविधान भंग गर्न नै नपाइने व्यवस्था थियो। ओलीले राति २ बजे राष्ट्रपतिलाई उठाएर भंग गरिदिए। बिहानै गरे हुन्थ्यो । बिहान ६/७ बजेतिर गर्दा पनि हुन्थ्यो। लहडमा सदन भंग गर्न थालेपछि हामीले बचाउन आवश्यक थियो। अहिले ठिक समयमा चुनाव हुँदैछ। चुनाव हुने मिति आयो। उहाँले २ वर्षअघि नै संसद भंग गरिदिनु भयो।’
Shares

प्रतिक्रिया