राजनीति


गगन थापाको भिडिओ सन्देश : १० वर्षमा जति सक्छु मरेर गर्छु, त्यसपछि नयाँलाई अवसर

गगन थापाको भिडिओ सन्देश : १० वर्षमा जति सक्छु मरेर गर्छु, त्यसपछि नयाँलाई अवसर

नेपालखबर
असोज २८, २०७९ शुक्रबार ९:१४, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अबको १० वर्ष सक्रिय राजनीतिमा काम गर्ने र त्यसपछि बिदा लिने स्वघोषणा गरेका छन्। 

सामाजिक सञ्जालमार्फत एक भिडिओ सन्देश जारी गर्दै महामन्त्री थापाले १० वर्षपछि स्वीच अफ गरेर आफ्नो बाटो लाग्ने र नयाँ अनुहारलाई ठाउँ दिने बताएका छन्। 

‘म त जम्मा १० वर्ष हो। अब १० वर्ष काम गर्छु, मरेर जति सक्छु गर्छु। ठ्याक्क १० वर्षपछि स्वीच अफ गरेर आफ्नो बाटो लाग्ने हो,’ थापाले भिडिओ सन्देशमार्फत भनेका छन्, ‘मैले त नयाँ मान्छेलाई ठाउँ दिने हो। त्यो बेलासम्म यति खतरा नयाँ मान्छेहरु आइसकेको हुन्छ, हुनैपर्छ। कि उनीहरुले हाम्रोभन्दा राम्रो गर्नैपर्यो। यो बुडाहरुले हामीलाई त्यो गर्न दिएन। हाम्रो बाटो रोक्यो, हामी लडिराछौं फेरि। गर्न दिएन भनेर हात उठाएर हिँडेको होइन्।’

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन्। 

२०७४ को निर्वाचनमा महामन्त्री थापा २१ हजार ५५८ मतका साथ प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नेता राजन भट्टराईले १८ हजार १४० मत ल्याएका थिए। 

यस पटक पनि एमालेले काठमाडौं–४ बाट नेता भट्टराईलाई नै प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .