राजनीति


काठमाडौं ४ बाट गगनले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु)

काठमाडौं ४ बाट गगनले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु)

नेपालखबर
असोज २३, २०७९ आइतबार १६:५९, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। 

उनले आइतबार दिउँसो काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका हुन्। 

२०७४ को निर्वाचनमा महामन्त्री थापा २१ हजार ५५८ मतका साथ प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नेता राजन भट्टराईले १८ हजार १४० मत ल्याएका थिए। 

यस पटक पनि एमालेले काठमाडौं–४ बाट नेता भट्टराईलाई नै प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ।

तस्बिरहरु : सरोज बैजु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad