ad ad

कला


करिअरका बारेमा सलमानसँग सल्लाह गर्छु, निर्णय भने आफैँ लिन्छु : सोनाक्षी सिन्हा

करिअरका बारेमा सलमानसँग सल्लाह गर्छु, निर्णय भने आफैँ लिन्छु : सोनाक्षी सिन्हा

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार ६:४१,

सन् २०१० मा ‘दबंग’बाट बलिउडमा डेब्यु गरेकी सोनाक्षी सिन्हा फेरि एक पटक रज्जोको भूमिकामा देखिँदैछिन्।

सुपरस्टार अभिनेता सलमान खानसँग दबंगबाट करिअर सुरु गरेकी सोनाक्षी ‘दबंग ३’सम्म पनि दोहोरिएकी छन्।

सलमान धेरै अभिनेत्रीसँग दोहोराएर काम नगर्ने अभिनेतामध्ये पर्दछन्। धेरैजसो नयाँ नयाँ अभिनेत्रीसँग काम गर्न रुचाउने उनी दबंगका सबै शृंखलामा सोनाक्षी हुने घोषणा गरेका छन्।

जब दबंग शृंखालाको नाम आउँछ धेरैको मस्तिष्कमा चुलबुल पाण्डे र रज्जो को नाम पनि सँगै आउँछ। सलमानले सबै शृंखलामा सोनाक्षी हुने भनेपछि पनि सबैले दिमागमा यस्तो आउनु स्वभाविक जस्तै बनेको छ।

Related image

आफूले पनि दबंगमा राम्रै गरेको सोनाक्षी सिन्हाले मुम्बई मिररसँगको कुराकानीमा भनेकी छन्। सलमानले पनि आफूसँग काम गर्न सहज महसुस गरेको उनको भनाइ थियो। सलमानसँग अभिनय यात्राकाे सुरुवात गरेको र उनीबाट आफूले धेरै सिक्न पाएको भन्दै सोनाक्षीले सलमानको खुलेरै प्रशंसा गरेकी छन्। 'सलमानबाट अभिनय गर्न सिकेकी छु र उनले मलाई राम्रोसँग सिकाएका छन्’, उनले भनेकी छन्।

आफूले सलमानबाट करियर सल्लाह लिने र अन्तमा निर्णय भने आफै गर्ने उनको भनाई छ। ‘सलमानसँग करिअरका बारेमा सल्लाह गर्ने गरेकी छ, उनीसँग सल्लाह गरे पनि आफ्नो निर्णय भने आफैँ गर्छु’, उनले भनेकी छन्। सोनाक्षीले आफ्नो चरित्र एकदम सोचविचार गरेर छन्ने बताएकी छन्। आफू असल भावनाको भएको बताउँदै उनले सबैले आफ्नो फिल्म मन पराएकोमा आफूलाई भाग्यमानी ठानेको बताएकी छन्।

Related image
आफूलाई नारीप्रधान चलचित्रमा काम गर्न मन पर्ने उनको भनाइ छ। ‘मेरा व्यावसायिक फिल्महरूले मलाई आफ्नो काँधमा फिल्म चलाउने साहस दिन्छन्। केही फिल्महरूले राम्रो प्रदर्शन नगरेका पनि छन्। तर, यसले देखाउँदछ कि महिलालाई अझै पनि नायकको भूमिकामा स्वीकारिएको छैन, स्वीकारर गर्न समय लाग्छ। म त्यस्ता फिल्महरू अझ बढी गर्नेछु किनभने मलाई यो मनपर्दछ र मेरो अभिनय पनि सराहना गरिएको छ।’

दबंग ३ मा सलमान र सोनाक्षीका अलावा किचा सुदीप र साई मान्जरेकर पनि प्रमुख भूमिकामा छनु। डिसेम्बर २० बाट सार्वजनिक प्रदर्शनमा आउने यो फिल्मको निर्माण निर्देशक प्रभु देवाले गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .