ad ad

राजनीति


ड्रोन उडाएर विप्लवले गरे नवौँ महाधिवेशन उद्घाटन

राता पोशाकका युवाले विप्लवलाई दिए सलामी
ड्रोन उडाएर विप्लवले गरे नवौँ महाधिवेशन उद्घाटन

नेपालखबर
असोज २५, २०७९ मंगलबार १९:४८, कपिलवस्तु

नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशन मंगलबारदेखि कपिलवस्तुको शिवगढीमा सुरु भएको छ।

महाधिवेशनको उद्घाटन नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एक कार्यक्रमबीच गरेका छन्।

नवनिर्मित पार्टी केन्द्रीय कार्यालयमा महाधिवेशन उद्घाटन गरेका विप्लवले सांकेतिक विष्पोट र ड्रन उडाएर गरेका थिए।

विप्लवलाई नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनमा राता पोशाक लगाएका युवाले सलामी अर्पण गरेका थिए।

महाधिवेशन उद्घाटन अगाडि शिवगढीका ठाउँ-ठाउँमा झाँकी र र्‍याली निकालिएको थियो।

महाधिवेशनमा देशभरका झण्डै ७ सय प्रतिनिधि पर्यवेक्षक सहभागी भएको जनपत्रकार संगठन नेपालका निर्वतमान केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले बताए।

कार्यक्रम असोज ३१ गतेसम्म रहनेसमेत डुम्रेले बताए।

उद्घाटन कार्यक्रममा अतिथिहरुले शुभकामना मन्तब्य राखिसकेपछि विप्लवले सम्बोधन गर्दैछन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .