नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचनका लागि ताप्लेजुङमा उम्मेदवारी दर्ता गराएका छन्।
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उनले आइतबार बेलुकी प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका हुन्।
ताप्लेजुङको प्रदेशसभा ‘क’ मा तिलकुमार मेन्याङबो र प्रदेशसभा ‘ख’ मा गोपाल थोप्राले पनि प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन्।
ताप्लेजुङमा सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका खिलप्रसाद बुढाथोकीलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ।
39
Shares

प्रतिक्रिया