सुदूरपश्चिम


कञ्चनपुरको महेन्द्रनगर जलमग्न

कञ्चनपुरको महेन्द्रनगर जलमग्न

नेपालखबर
असोज २३, २०७९ आइतबार १७:४४, काठमाडौँ

तीन दिनदेखि लगातार वर्षाका कारण कञ्चनपुरको महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न भएका छन्। 

महेन्द्रनगरको मुख्य बजार मदन चोक क्षेत्र जलमग्न छ। बजार क्षेत्र जलमग्न भएपछि व्यवसायी समस्यामा परेका छन्। ढल निकास र गुरुयोजनाविपरीत भइरहेको बसोबासले महेन्द्रनगरको मुख्य बजार सामान्य झरीमैै डुबानमा पर्न थालेको यहाँका व्यवसायी बताउँछन्। 

यहाँका व्यवसायी यज्ञराज जोशीले पसल अगाडि जलमग्न हुँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको बताए।

‘ढल निकास नहुँदा मुख्य बजार नै डुबानमा पर्न थालेको छ’, उनले भने, ‘पालिकाले ढल व्यवस्थापनमा ध्यान दिन जरुरी छ।’

भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले पछिल्लो समय खोलानाला अतिक्रमण हुन थालेपछि बजार डुबानमा पर्न थालेको बताए। उनले एसियाली विकास बैंक (एडीबी) को सहुलियत ऋण सहयोगमा महेन्द्रनगर बजारलाई आधुनिक सहर बनाउने योजना निमार्णका क्रममा रहेकाले पनि बजार क्षेत्रमा डुबानमा परेको बताए। 

‘व्यवस्थित ढलसहितको आधुनिक सहर बनाउने योजनाअन्तर्गत पहिलो चरणको काम सुरु भएको छ’, उनले भने, ‘निमार्ण कार्य सम्पन्न भएपछि यो समस्याको समाधान हुन्छ।’ 

वर्षाले यहाँका बस्ती जलमग्न भए पनि अहिलेसम्म कुनै घटना नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

‘अहिलेसम्म ठूलो समस्या भएको सूचना आएको छैन’, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्र शाहले भने, ‘निरन्तर वर्षा भइरहेको छ, सबैले सचेत भएर बस्न जरुरी छ।’  रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad