राजनीति


रोल्पाबाट वर्षमान पुनको उम्मेदवारी दर्ता

रोल्पाबाट वर्षमान पुनको उम्मेदवारी दर्ता

नेपालखबर
असोज २३, २०७९ आइतबार १५:४४, काठमाडौँ

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले रोल्पाबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। 

पुनले सत्तारुढ गठबन्धनका तर्फबाट लिवाङस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन्। 

पुनका तर्फबाट माओवादी रोल्पा संयोजक गुणेन्द्र घर्तीमगरले उम्मेदवारी दर्ता गराएका थिए। पुनको उम्मेदवारीको समर्थकमा रोल्पा नगरपालिकाका निवर्तमान प्रमुख पूर्ण केसी र समर्थकमा माओवादी लुम्बिनी प्रदेश परिषदका सदस्य भानबहादुर घर्ती छन्। 

सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलका सदस्यमेत रहेका पुनले व्यस्तताका कारण उम्मेदवारी दर्तामा आफैं उपस्थित हुन नसकेको बताए।

 ‘राष्ट्रिय राजनीतिक जिम्मेवारीका कारण उम्मेदवारी दर्तामा सहभागी हुन सकिनँ। गएराति अबेरसम्म पनि कतिपय निर्वाचन क्षेत्रको सिट बाँडफाँटको काममा व्यस्त थिएँ’, पुनले भने,  ‘फेरि एकपटक रोल्पाली जनताको प्रतिनिधिका रुपमा काम गर्न मैले उम्मेदवारी दिएको छु।’ 

प्रतिनिधि सभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पाबाट पुन यसअघि ०७४ मा निर्वाचित भएका थिए। उनी ०६४ को संविधानसभा निर्वाचनमा ललितपुर–१ बाट निर्वाचित भएका थिए।

 प्रदेश सभातर्फ भने प्रदेश (क) बाट माओवादीका जोखबहादुर महरा र (ख) बाट कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad