नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभा सदस्यका लागि मनोनयन पत्र दर्ता गरेका छन्।
गृहजिल्ला झापा पुगेर उनले निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता गरेका हुन्।
यो क्षेत्रमा नेकपा एमालेका तर्फबाट अग्नि खरेल प्रतिनिधि सभा सदस्यमा प्रतिष्पर्धा गर्दैछन्।
२०७४ को निर्वाचनमा झापा–१ बाट नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्की विजयी भएका थिए।
कार्की ३६ हजार १७३ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा महामन्त्री शर्माले ३३ हजार ३१० मत प्राप्त गरेका थिए।
36
Shares

प्रतिक्रिया