रुपन्देही क्षेत्र नम्बर २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेलले उम्मेदवारी दर्ता गराएका छन्।
रुपन्देही २ कका प्रदेश सभा उम्मेदवार लीला गिरी र २ ख का भोजप्रसाद श्रेष्ठ सहित पौडेलले निर्वाचन अधिकृतको कार्यालय बुटवलमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
उम्मेदवारी दर्ता गर्दै पौडेलले रुपन्देहीको विकास आयोजनाका लागि गरेको योगदानका आधारमा आफूले निर्वाचन जित्ने बताए।
स्थानीय चुनावमा एमाले कमजोर देखिएको थियो नि भन्ने प्रश्नमा पौडेलले त्यसयता तिनाउमा धेरै पानी बगिसकेकाले चुनाव जित्न असहज नहुने उल्लेख गरे।
21
Shares
प्रतिक्रिया