नेकपा एमालेले बैतडीमा मनोनयन दर्ता गरेको छ।
आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले मनोनयन दर्ता गरेका हुन्।
एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बैतडीमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारीले प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गरेका छन्।
यस्तै, प्रदेश सभा (१) मा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पाल र (२) मा त्यहाँका सहइन्चार्ज लिलाधर भट्टले मनोनयन दर्ता गरेका छन्।
27
Shares
प्रतिक्रिया