ad ad

राजनीति


उम्मेदवारी दर्ता गर्न बाबुराम भट्टराईसँग गोरखा गए प्रचण्ड

पुरानो तस्बिर सार्वजनिक गर्दै भट्टराईले भने : जीवनको अन्तिम कालखण्डमा सहकार्यको नयाँ अध्याय
उम्मेदवारी दर्ता गर्न बाबुराम भट्टराईसँग गोरखा गए प्रचण्ड

नेपालखबर
असोज २३, २०७९ आइतबार ९:३१, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवारी दर्ताका लागि आज बिहान नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं जनयुद्धका सहयोद्धा डा. बाबुराम भट्टराईसँग गोरखा प्रस्थान गरेका छन्। 

डा. भट्टराईकै प्रस्तावमा गृहजिल्ला चितवन (निर्वाचन क्षेत्र नम्बर ३) छाडेर गोरखा उक्लिएका प्रचण्ड त्यहाँ भट्टराईको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने भएका हुन्। 

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारी दर्ता गर्न भनेको छ। 

त्यसैका लागि प्रचण्ड डा. भट्टराईसँग गोरखा लागेका हुन्। जीवनको अन्तिम कालखण्डमा सहकार्यको नयाँ अध्याय थालिएको जानकारी दिँदै डा. भट्टराईले सबैसँग साथ र सहयोगका लागि अपिल गरेका छन्।  

‘गोरखा–२ बाट क. प्रचण्डको उमेदवारी विधिवत् प्रस्तुत गर्न सँगै गोरखातिर लागियो’, डा. भट्टराईले पुरानो तस्बिरसहित सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँका दिवंगत पिता र हाम्रा सकुशल जीवित पिताको आशीर्वाद लिएर जीवनको अन्तिम कालखण्डमा सहकार्यको नयाँ अध्याय थालनी गरियो। सबैको साथ र सहयोगको अपेक्षा।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .