नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेट प्रतियोगितामा आयोजक गण्डकी प्रदेशले पहिले फिल्डिङ गर्ने भएको छ।
पोखरा रगंशालाभित्र रहेको क्रिकेट स्टेडियममा सुरु भएको खेलमा गण्डकी प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि मधेश प्रदेशले ब्याटिङ गर्ने भएको हो।
चिसो पिचका कारण खेल म्याटमा खेलाइएको छ। वर्षाका कारण मैदान चिसो भएपछि दुवै टोलीको सहमतिमा खेल म्याटमा खेलाइको हो।
सवा ९ बजे सुरु हुने भनिएको खेल ओसिलो मैदानका कारण ढिला गरी सुरु भएको हो। समूह ए मा रहेका दुवै टोली प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छन्।
आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम र बागमती प्रदेश खेल्नेछन्। सो खेल दिउँसो सवा १ बजे सुरु हुनेछ।
27
Shares

प्रतिक्रिया