ad ad

राजनीति


गगन थापा यसपटक सर्लाहीबाट चुनाव लड्ने भएका हुन्?

गगन थापा यसपटक सर्लाहीबाट चुनाव लड्ने भएका हुन्?

नेपालखबर
असोज २३, २०७९ आइतबार ९:६, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाटै प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने भएका छन्। 

यसपटक थापा सर्लाही ४ बाट चुनाव लड्ने हल्ला चलिरहेका बेला थापाका सहयोगी सबिन मुडभरीले थापा काठमाडौं ४ बाटै चुनाव लड्ने बताएका हुन्।  

‘धेरैले सोध्नुभयो– महामन्त्री (गगन थापा) ज्यू, कहाँबाट चुनाव लड्ने? आफ्नो ठाँउ काठमाडौं क्षेत्र नम्बर ४ हो त्यहीँबाट हो चुनाव लड्ने’, मुडभरीले भनेका छन्, ‘यो ठाँउ छोडेर अन्त जाने कुरा न त सोच्न सकिन्छ न त सोचिन्छ नै। हल्लाको पछि नलागौं।’ 

गगन थापाको सचिवालयका एक सदस्यले  थापा काठमाडौं ४ बाटै चुनाव लड्ने बताए। 

‘छलफलको विषयलाई सर्लाही ४ जाने भनेर समाचार लेखेर भ्रम फैलियो। सत्य होइन। उहाँ काठमाडौं ४ बाटै लड्नुहुन्छ। एक घन्टामै फाइनल हुन्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .