सिट बाँडफाँट गर्न सत्तारूढ दलका शीर्ष नेतासहित कार्यदलको बैठक अहिले पनि जारी छ।
प्रतिनिधि सभातर्फ सहमति जुटाएर प्रदेश सभाको सिट बाँडफाँटबारे छलफल भइरहेको कार्यदलका एक सद्स्यले जानकारी दिए।
‘आजै सहमति गरेर घोषणा गर्नेगरी छलफल भइरहेको छ, बेलुका अबेरसम्म भए पनि बसेर सहमति गर्छौं’, ती नेताले नेपालखबरसँग भने, ‘प्रतिनिधि सभातर्फका सिट बाँडफाँटमा सहमति जुटिसकेको छ।’
प्रतिनिधि सभामा सहमति जुटे पनि प्रदेशमा कुरा नमिल्दा सहमति नहुने भएकोले प्याकेजमै निर्णय गराउन खोजिएको ती नेताले बताए।
दिउँसो ३ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा पाँचै दलका शीर्ष नेता सहभागी छन्। यस्तै कार्यदलका तर्फबाट छलफलमा रहेका ११ सदस्यमध्ये ९ जना छफलमा सहभागी छन्।
147
Shares

प्रतिक्रिया