ad ad

राजनीति


प्रचण्डलाई चितवनबाटै चुनाव लड्न पाँच दलीय गठबन्धनको अपिल (निर्णयसहित)

प्रचण्डलाई चितवनबाटै चुनाव लड्न पाँच दलीय गठबन्धनको अपिल (निर्णयसहित)

नेपालखबर
असोज १८, २०७९ मंगलबार १८:२३, काठमाडौँ

पाँच दलीय गठबन्धन, चितवनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवन क्षेत्र नम्बर ३ बाटै चुनाव लड्न आग्रह गरेको छ। 

पाँच दलीय गठबन्धन, चितवनका अध्यक्ष राजेश्वर खनालको अध्यक्षतामा मंगलबार भरतपुरमा बसेको बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रचण्ड अन्य जिल्लाबाट उम्मेदवार बन्न लागेको खबरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनलाई निर्वाचन क्षेत्र परिवर्तन नगर्न अपिल गरेको हो।

पाँच दलीय गठबन्धन, चितवनले जारी गरेको विज्ञप्ति भनिएको छ, ‘गठबन्धन दलका शीर्ष नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नो निर्वाचन क्षेत्र चितवन क्षेत्र नम्बर ३ परिवर्तन गरी अन्य जिल्लाबाट उम्मेदवार बन्ने समाचार सुन्नमा आएकोप्रति गम्भीर ध्यानाकृष्ट हुँदै मुलुक, संविधान, लोकतन्त्र, शान्ति र विकासका खातिर समेत उहाँले निर्वाचन क्षेत्र परिवर्तन गर्नु असान्दर्भिक ठहर गर्दै मंसिर ४ गते सम्पन्न हुन गइरहेको संघीय निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र परिवर्तन नगर्न र चितवन जिल्लालाई पुनः अभिभावकीय भूमिका निर्वाह गरिदिन हुन अपिल गर्ने निर्णय गरिन्छ।’

केन्द्रमा भएको निर्णयबमोजिम जिल्लास्थित पाँच दलीय गठबन्धन सम्भावित उम्मेदवारलाई विजयी गराउन लागिपर्ने प्रतिबद्धता पनि बैठकले गरेको छ। 

हेर्नुहाेस् बैठकको निर्णय :

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .