राजनीति


माओवादीमा प्रवेश गरे एमाले नेता द्वारिकलाल चौधरी

माओवादीमा प्रवेश गरे एमाले नेता द्वारिकलाल चौधरी

द्वारिकलाल चौधरीलगायत एमाले नेता माओवादी केन्द्रमा प्रवेश गरेका तस्बिरहरू : प्रचण्डको सचिवालय।


नेपालखबर
असोज १६, २०७९ आइतबार ९:५७, काठमाडौँ

इटहरी उपमहानगरका पूर्वमेयर तथा एमाले नेता द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

एमाले सुनसरीका पूर्व अध्यक्षसमेत रहेका चौधरी आज बिहान काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच माओवादी केन्द्रमा प्रवेश गरेको प्रचण्डको सचिवालयले जनाएको छ। 

चौधरीसहित एमालेका अन्य नेता तथा कार्यकर्ता पनि माओवादी केन्द्रमा प्रवेश गरेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। 

स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरको उम्मेदवार हुन नपाएपछि चाैधरी एमालेसँग रुष्ट थिए।

इटहरीको मेयर हुँदा उनले दिएका केही अभिव्यक्तिका कारण उनी निकै आलोचित भएका थिए। 

मेयर भएपछि पार्टीको नीति, नियम र निर्देशन नमानेको भन्दै पार्टी र चौधरीबीच दूरी बढेको थियो। उनी केही महिनाअघि भएको एमालेको जिल्ला अधिवेशनमा पनि हारेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .