ad ad

राजनीति


असन्तुष्टलाई मनाउन समानुपातिक सूची सच्याउँदै कांग्रेस

असन्तुष्टलाई मनाउन समानुपातिक सूची सच्याउँदै कांग्रेस

फाइल तस्बिर


नेपालखबर
असोज १४, २०७९ शुक्रबार १२:१७, काठमाडौँ

नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको बन्दसूची सच्याइरहेको छ। 

बन्दसूची सच्याउन प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा समानुपातिकको बन्दसूची सच्याइरहेको एक पदाधिकारीनिकट स्रोतले जानकारी दिएको छ।

सभापति देउवाले बिहीबार पनि बन्दसूची संशोधनका लागि पदाधिकारी बैठक बोलाएका थिए। 

उक्त बैठकमा शुक्रबारसम्म बन्दसूची संशोधन गरेर आयोगमा बुझाउने सहमति भएको बताइएको छ। 

यसअघि असोज ३ गते बुझाइएको बन्दसूची एकलौटी भएको भन्दै संस्थापनइतर समूहले आपत्ति जनाएको थियो। 

उक्त समूहले ‘समान अवसर र न्यायका निम्ति’ भन्दै खबरदारी सभा, सानेपामा धर्ना र चियापान कार्यक्रम गरेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .