ad ad

खेल


नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन खेल : महिला क्रिकेटमा गण्डकी र मधेश प्रदेश भिड्ने

नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन खेल : महिला क्रिकेटमा गण्डकी र मधेश प्रदेश भिड्ने

नेपालखबर
असोज १४, २०७९ शुक्रबार १२:३७, काठमाडौँ

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको उद्घाटन खेलमा आयोजक गण्डकी प्रदेश र मधेश प्रदेश भिड्दैछन्।

प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछ। सोही दिन हुने दोस्रो खेलमा सुदुरपश्चिम प्रदेश र बागमति प्रदेश खेल्नेछन्। प्रतियोगिताका खेलहरु पोखरा रगंशालामा हुनेछन्। 

प्रतियोगितामा सहभागी नौ टोलीलाई दुई समुहमा विभाजन गरिएको छ। समुह ए मा नेपाल एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र बागमति प्रदेश छन्। समुह बी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेश छन्। दुई समुहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ। 

नवौँ खेलकुद असोज २८ देखि कार्तिक ३ सम्म भनिएपनि महिला क्रिकेटका खेलहरु असोज २३ देखि कार्तिक १ गतेसम्म हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .