नेकपा (एमाले) मा प्रवेश गरेको दुई साता नबित्दै नेकपा (माओवादी केन्द्र)का दुईजना नेता फेरि पुरानै पार्टीमा फर्किएका छन्।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रसमेत रहेको माडीका दुईजना नेता एमाले छाडेर फेरि माओवादीमै फर्किएका हुन्।
गत भदौ ३० गते एमालेमा प्रवेश गरेका माडीनिवासी माओवादीका तत्कालीन बागमती प्रदेश सदस्य गिरीधारी सुवेदी र माडी–७ का उपाध्यक्ष सुरेश थापा बिहीबार खुमलटार पुगेर पुरानै पार्टीमा फर्किएका हुन्।
उनीहरुलाई माओवादी अध्यक्ष प्रचण्डले खुमलटारमा स्वागत गरे। यसअघि एमाले प्रवेश गरेका माडीका अर्का माओवादी नेता सोमबहादुर विक साता नबित्दै माओवादीमै फर्किएका थिए।
माओवादी चितवनका पूर्वजिल्ला अध्यक्ष यमबहादुर परियारसहितका नेताहरु एमालेमा प्रवेश गरिसकेका छन्। माओवादी नेताहरु धमाधम एमालेमा प्रवेश गरेपछि प्रचण्डलाई उनको चुनावी क्षेत्रमा धक्का लागेको चर्चा छ।
Shares
प्रतिक्रिया