प्रमुख सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नजरबन्दमा राखेर गठबन्धन सरकारले गलत गरेको बताएका छन्।
गृहजिल्ला मोरङ पुगेका उनले आइतवार विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीहरुसँगको छलफलका क्रममा यस्तो बताएका हुन्।
निलम्वित प्रन्या जबराबारेको प्रसंगमा उनले सरकारले नजरबन्दमा राखेर उनको मानवअधिकार पनि उलंघन गरिररहेको कोइरालाले बताएका छन्।
प्रतिनपधिसभाको पाँच वर्षे आयु सकिएसँगै आफूमाथिमाको महाअभियोग निष्क्रिय भएको बताएर जबरा सर्वोच्चमा हाजिर हुन तयार थिए।
तर उनी सर्वोच्च आउने थाहा पाएसँगै जबरालाई सरकारले केही दिन बालुवाटारस्थित निवासमै नजरबन्द गरेको थियो। त्यसपछि उनलाई सर्वोच्चबाहेक अन्त मात्रै जाने शर्तमा सुरक्षाकर्मी खटाइएको छ।
डा. कोइरालाले महाअभियोग लगाउने सांसदहरुको अवधि पनि सकिएकाले अब जबराविरुद्धको उक्त आरो पनि स्वत: निष्क्रिय भएको तर्क गरे।
'महाअभियोग लगाउने सांसदहरूको अवधि सकिएको छ। त्यहीकारण महाअभियोग पनि स्वत: निष्क्रिय भइसकेको छ', उनले भने, 'संसदको आयु सकिएर निष्क्रिय भए जस्तै महाअभियोग पनि अब औचित्यहीन भइसकेको छ।'
प्रतिक्रिया