राजनीति


इतरसमूहको माग सुनुवाइ नभए कांग्रेसमा विद्रोह हुन्छः गुरु घिमिरे

इतरसमूहको माग सुनुवाइ नभए कांग्रेसमा विद्रोह हुन्छः गुरु घिमिरे

नेपालखबर
असोज ८, २०७९ शनिबार १५:४०, काठमाडौँ

नेपाली कांग्रेसका नेता गुरु घिमिरेले इतरसमूहले समान अवसर र न्यायका लागि विनम्रताअन्तर्गत खबरदारी सभा आयोजना गरिएको बताएका छन्। 

संस्थापन इतरसमूहले शनिबार नयाँ बानेश्वरमा आयोजना गरेको खबरदारी सभा सम्बोधन गर्दै उनले आन्दोलनको चरण विनम्रताअन्तर्गत दबाब दिन आफूहरू भेला भएको बताए। नेता घिमिरेले इतरसमूहको माग सुनुवाइ नभए आक्रोश अन्तर्गत अर्को दबाबमूलक कार्यक्रम गरिने बताए। 

उनले आक्रोश अन्तर्गतको दोस्रो चरणको दबाबबाट पनि सुनुवाइ नभए विद्रोह गरिने चेतावनी दिए। खबरदारी सभामा सुदूरपश्चिम प्रदेशसभाका निवर्तमान सदस्य भरत खड्काले पार्टीमा नेतृत्वको मनोमानी यथावत रहे ७७ वटै जिल्लामा इतरसमूहले उम्मेदवारी दिनुपर्नेमा जोड दिए। 

प्रतिनिधिसभाका निवर्तमान सदस्य तेजुलाल चौधरीले मधेश प्रदेशमा कांग्रेसले कम्तीमा पनि २० सिट नलिए कांग्रेस मधेशमा समाप्त हुने बताए।

 इतरसमूहले टिकट बाँडफाँटका क्रममा ४० प्रतिशत भाग पाउनु पर्ने माग अघि सारेर खबरदारी सभा आयोजना गरेको छ। सभाको संयोजन नुवाकोट कांग्रेसका निवर्तमान सभापति जगदीश्वरनरसिंह केसीले गरेका थिए। सभामा डा. शेखर कोइराला समूहका शीर्ष नेता भने अनुपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .