नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदम निर्वाचन बिथोल्ने षडयन्त्र भएको टिप्पणी गरेका छन्।
संसदबाट दुईपटक पारित नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि उनले राष्ट्रपति भण्डारीको कदम निर्वाचन बिथोल्ने षडयन्त्र भएको दाबी गरेका हुन्।
‘सचेत रहौं, संयमित बनौं,’ उपमहासचिव पुनले ट्विटरमा लेखेका छन्, ‘निर्वाचन बिथोल्ने षड्यन्त्रको अंग पनि हो यो घटनाक्रम।’
उनले राष्ट्रपति भण्डारीको कदम आफ्ना नागरिकलाई राज्यविहीन बनाउने आमनवीय कार्य भएको पनि आरोप लगाएका छन्।
‘सार्वभौम जनताको प्रतिनिधि संस्था संसदले नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी पास गरेको नागरिकता विधेयक प्रमाणित नगर्नु संविधानको घोर उल्लंघनका साथै आफ्ना नागरिकलाई राज्यविहीन बनाउने आमनवीय कार्य हो,’ उनले भनेका छन्।
–नागरिकता विधेयक : अबका तीन विकल्प
–नागरिकता विधेयकमा लालमोहर नलगाउने हो भने राष्ट्रपतिले ३ घण्टाभित्र मार्गप्रशस्त गर्नुपर्छ : शाक्य
–भीमार्जुनको नजरमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने दुई कारण
Shares
प्रतिक्रिया