ad ad

राजनीति


सिट बाँडफाँट गर्न गठबन्धनका शीर्ष नेतासहित कार्यदलको बैठक बस्दै

सिट बाँडफाँट गर्न गठबन्धनका शीर्ष नेतासहित कार्यदलको बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
असोज ४, २०७९ मंगलबार ८:५९, काठमाडौँ

सत्तारुढ पाँच दलका शीर्ष नेतासहित उनीहरूबीच सिट बाँडफाँडका लागि बनेको कार्यदलको बैठक आज (मंगलबार) बस्दै छ। 

प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बैठक बिहान १० बजेपछि बस्ने भएको हो। 

बैठकमा प्रतिनिधि सभा र प्रदेश सभामा पाँच दललाई सिट बाँडफाँटबारे छलफल गरेर निर्णय गर्ने तयारी छ।

समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाएपछि गठबन्धनले छलफल गर्न लागेको हो।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवारीका लागि आपसमा सिट बाँडफाँट गर्न सत्ता गठबन्धनका दलबीच निरन्तर छलफल भइरहे पनि अहिलेसम्म टुंगोमा पुग्न सकेका छैनन्।  

याे पनिसंघमा ४८ र प्रदेशमा २३८ दलले बुझाए समानुपातिककाे बन्दसूची, कुन प्रदेशबाट कति? (सूचीसहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .