ad ad

राजनीति


नेपालको संविधान दिवस कार्यक्रममा भारतका विदेश राज्यमन्त्रीद्वय मुरलीधरन र लेखी सहभागी

नेपालको संविधान दिवस कार्यक्रममा भारतका विदेश राज्यमन्त्रीद्वय मुरलीधरन र लेखी सहभागी

नेपालखबर
असोज ४, २०७९ मंगलबार ९:११, काठमाडौँ

संविधान दिवसका अवसरमा भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले सोमबार साँझ आयोजना गरेको कार्यक्रममा भारतीय विदेश राज्यमन्त्रीद्वय वी मुरलीधरन र मिनाक्षी लेखी सहभागी भएका छन्। 

कार्यक्रममा बोल्दै विदेश राज्यमन्त्री मुरलीधरनले नेपाल र भारतबीचको सम्बन्ध मौलिक र जनताको तहमा भिजेको बताए। उनले नेपालको संविधान दिवसमा नेपाली जनता र सरकारलाई शुभेच्छा पनि प्रकट गरे।  

त्यसैगरी सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले पनि उक्त कार्यक्रममा सहभागी भए। उनले भाजपाका अध्यक्ष जेपी नड्डाले प्रधानमन्त्री शेर बहादुर देउवालाई लेखेको पत्र पनि हस्तान्तरण गरे। 

नेपाली राजदूत डा शंकर शर्माले सहभागीलाई स्वागत गर्दै नेपालको संविधान दिवसको महत्त्वबारे प्रकाश पारेका थिए।  

भारतस्थित प्रवासी नेपाली समुदाय, स्थानीय सञ्चारमाध्यमका प्रतिनिधि र दूतावासका अधिकारी सहभागी भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .