ad ad

राजनीति


चोलेन्द्र समकालीन नेपाली विकृत सार्वजनिक जीवनका बिम्ब हुन् : मीनेन्द्र रिजाल

चोलेन्द्र समकालीन नेपाली विकृत सार्वजनिक जीवनका बिम्ब हुन् : मीनेन्द्र रिजाल

डा. मीनेन्द्र रिजाल


नेपालखबर
असोज ४, २०७९ मंगलबार ७:५५, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पीडित पात्र नभई समकालीन नेपाली विकृत सार्वजनिक जीवनको विम्ब भएको बताएका छन्। 

सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच चोलेन्द्रविरुद्ध महाभियोग सिफारिस  सम्बन्धमा पक्ष-विपक्षमा बहस भइरहेका बेला सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेसका नेता रिजालले यस विषयमा टिप्पणी गरेका हुन्। 

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘चोलेन्द्र शमशेर अन्याय र प्रताडनामा परेका पात्रभन्दा समकालीन नेपाली विकृत सार्वजनिक जीवनका बिम्ब हुन्। उनको देवत्वकरणमा रमाउनु सट्टा स्वच्छ सार्वजनिक जीवन स्थापित गर्न लागि परौं।’ 

उनले चोलेन्द्रका विषयमा अहिले सतहमा देखिएभन्दा धेरै कठिन अवस्था रहेको तर त्यसको सामान गर्नैपर्ने पनि बताएका छन्। 

उनले भनेका छन्, ‘यस काममा सतहमा देखिएभन्दा अत्यधिक कठिनाइ विद्यमान छन्, तर सामना गर्न सकिन्छ र गर्नु पनि पर्छ।’

याे पनिचोलेन्द्रको महाभियोग चुनावपछि पनि जीवितै रहने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .